एमालेको सचिवालय बैठक ११ बजे बस्ने

तु खबर संवाददाता
२०८१ श्रावण १७, बिहीबार ०८:४२
file-photo

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ ।

बैठक काठमाडौंको सिंहदरबार अगाडिको हनुमानस्थानस्थित होटेल बसेरामा बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो ।

च्यासलस्थित केन्द्रीय कार्यालयमा नै बस्ने गरी बोलाइएको बैठक बुधबार राति आएको अविरल वर्षाका कारण कार्यालयमा बाढी पसेकाले होटेलमा बस्न लागेको एमालेले जनाएको छ ।

सो बैठकमा नेताहरुको कार्यविभाजन, समसामयिक राजनीतिक अवस्था र सरकारको काम प्रभावकारी बनाउने विषयमा छलफल हुने जनाइएको छ ।