बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले आज विश्वासको मत लिने भएका छन् ।
गत साउन ९ गते मुख्यमन्त्री बनेमा लामाले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् ।
उनी नेपाली कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त भएका हुन् ।
लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिने भएका हुन् ।
मुख्यमन्त्री लामालाई आफ्नै दल कांग्रेसको ३७ र सत्ता साझेदार दल नेकपा एमालेको २७ जना सांसदको समर्थन छ ।
