आज चार संसदीय समितिको बैठक बस्दै

तु खबर संवाददाता
२०८१ श्रावण १४, सोमबार १०:१०
file-photo

काठमाडौं । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

जसअनुसार,  विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ ।

त्यस्तै, बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ भने साढे ११ बजे नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्नेछ ।

त्यस्तै, आज संसदीय सुनुवाइ समितिको बैठक पनि बस्नेछ । बैठक साढे ११ बजे नै बस्ने गरी बोलाइएको छ ।