सिंहदरबारमा सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक जारी
काठमाडौं । हाल सङ्क्रमणकालीन न्याय सम्बन्धी कार्यदलको बैठक जारी जारी । बैठक सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा बसिररहेको हो ।
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउन तीन सदस्यीय कार्यदलको बैठक बसिरहेको हो ।
बैठकमा कार्यदल सदस्यसहित सरोकारवाला सहभागी रहेका छन् ।
कार्यदलमा कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादीबाट जनार्दन शर्मा सदस्य छन् ।
