बागमतीका मुख्यमन्त्री लामाले साउन १५ गते विश्वासको मत लिने

तु खबर संवाददाता
२०८१ श्रावण १३, आईतवार १५:५७

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले यही साउन १५ गते विश्वासको मत लिने भएका छन् ।

गत साउन ९ गते मुख्यमन्त्री बनेमा लामाले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् । उनी नेपाली कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त भएका हुन् ।

लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिने भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।