माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै

तु खबर संवाददाता
२०८१ श्रावण १३, आईतवार ०९:२१

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ ।

आजको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको हो ।

यस्तै, बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुनुका साथै पार्टीका आगामी रणनीति, साङ्गठनिक विषयहरूमा पनि छलफल हुने जनाइएको छ ।

केही दिन यता माओवादी केन्द्रको सचिवालय बैठक लगातार बस्दै आएको छ ।