माओवादी केन्द्रको पदाधिकारी बैठक सर्यो, १ बजे बस्ने

तु खबर संवाददाता
२०८१ श्रावण ११, शुक्रबार ०९:३५

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । आज बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको बैठक सरेको हो ।

बैठक दिउँसो १ बजे बस्ने गरी २ घण्टा पछाडी सरेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने पार्टीका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

उनका अनुसार, सङ्क्रमणकालीन न्याय (टीआरसी) को सहजीकरणका लागि बनाइएको संयन्त्रको बैठक आज बस्ने भएकोले माओवादी पदाधिकारी बैठक सरेको हो ।

सो बैठकमा पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुनुका साथै पार्टीका आन्तरिक गतिविधि, पार्टी सङ्गठन सुदृढीकरण, जनतासँग जाने विषयहरूमा र पार्टीको समग्र आगामी रणनीतिका बारेमा छलफल हुने जनाइएको छ ।