बागमतीका मुख्यमन्त्रीले लिए शपथ, १० सदस्यीय मन्त्रिपरिषद् गठन

तु खबर संवाददाता
२०८१ श्रावण ९, बुधबार १६:३२

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख कार्यालयमा आयोजित एक कार्यक्रमबीच प्रदेश प्रमुख यादव चन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि मंगलबार बेलुकी ५ बजेपछि प्रदेश प्रमुख शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधार २ अनुसार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री लामाले आजै १० सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई मुख्यमन्त्री लामाले पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

नवनियुक्त मन्त्रीहरुमा क्रमशः प्रकाश श्रेष्ठ, किशोर सिलवाल, किरण थापा, अमन मास्के, सुकमाया तामाङ, प्रेमभक्त महर्जन, कुन्दनराज काफ्ले, श्याम खड्का र मधु कुमार श्रेष्ठ रहेका छन् ।