आज सात वटा संसदीय समितिको बैठक बस्ने
काठमाडौं । आज एकैदिन सात वटा संसदीय समितिको बैठक बस्ने गरी आह्वान गरिएको छ । जसअनुसार बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्ने भएको छ ।
त्यस्तै, बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिमिको, ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ ।
यसैगरी, बिहान ११ बजे नै पूर्वाधार विकास समितिको, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ भने दिउँसो १ बजे संसदीय सुनुवाइ संयुक्त समितिको बैठक बस्दै छ ।
