वीपी स्मृति दिवसको अवसरमा बृक्षारोपण
मकवानपुर । ४२ औं वीपी स्मृति दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिका १३ वनस्पतीस्थित टासी छईलिङ्ग गुम्बामा सोमबार बृक्षारोपण गरिएको छ ।
गुम्बाकी अध्यक्ष लक्ष्मी थिङ्गको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा बृक्षारोपण गरिएको हो ।
बृक्षारोपण कार्यक्रममा एभोकाडो, कागती, अमला, बेललगायतका विभिन्न ५ सय विरुवा रोपिएको थियो ।
कार्यक्रममा कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, कांग्रेस बागमती प्रदेश सदस्य चम्फुरत्न लामा, कांग्रेस जिल्ला अनुशासन समिति संयोजक प्रभातकुमार दाहाल, कांग्रेस प्रदेश क्षेत्रीय सभापति एवम् हेटौंडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँ, कांग्रेस जिल्ला सदस्यहरु नवराज खतिवडा, धिरेन लामा, नवराज वाईबालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
