प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

तु खबर संवाददाता
२०८१ श्रावण २, बुधबार १५:४६
file-photo

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलेअ साउन ६ गते आइतबार विश्वासको मत लिने भएका छन् ।

केही दिनअघि मात्रै प्रधानमन्त्रीमा नियुक्ती भएका उनले प्रतिनिधि सभामा विश्वासको मत लिन लागेका हुन् ।

संविधानतः प्रधानमन्त्री नियुक्ती भइसकेपछि ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ । सोही अनुरुप उनले विश्वासको मत लिन लागेका हुन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले असार ३० गते प्रधानमन्त्रीमा नियुक्ती गरेका थिए ।