प्रधानमन्त्री बन्दै केपी ओली, शपथ आजै हुने

तु खबर संवाददाता
२०८१ असार ३०, आईतवार ०९:०७
file-photo

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएका छन् । अध्यक्ष ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका हुन् ।

शीतल निवास स्रोतका अनुसार, ओलीलाई राष्ट्रपछि पौडेलले आज प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका हुन् । साथै उनले शपथ ग्रहण पनि आजै गर्नेछन् ।

शुक्रबार राति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेर ओलीले नयाँ सरकार गठनका लागि दाबी पेश गरेका थिए ।

ओलीले नेपाली कांग्रेसका ८८ र एमालेका ७७ गरी कुल १६५ सांसदको समर्थनमा दाबी पेश गरेका हुन् ।

शुक्रबार प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पदमुक्त भएपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि आइतबार साँझ सम्मको समयसीमा दिएका थिए ।