अध्यक्ष ओलीले बोलाए मन्त्रीहरुलाई बालकोट
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई बोलाएका छन् ।
सत्ता परिवर्तनको चर्चा चलिरहेका बेला एमाले अध्यक्ष ओलीले उनीहरुलाई बोलकोटमा बोलाएका हुन् ।
अध्यक्ष ओलीले सोमबार साँझ आफ्नो निवास बालकोट बोलाएका हुन् । तर, किन बोलाएको भन्ने नखुलेको ती मन्त्रीले बताए ।
