स्वीट्जरल्याण्ड जाँदै राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड जाँदैछन् । राष्ट्रपति पौडेल यही जेठ ३१ गते त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
उनी स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ अधिवेशनमा सहभागी हुन त्यहाँ जान लागेका हुन् ।
यस्तै, बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रपति पौडेलको जर्मनीको भ्रमण कार्यक्रम स्वीकृत गरेको जनाइएको छ ।
