झोक्किँदै देउवाले भनेः मदन भण्डारीको हत्यारा खोज्न कसले रोकेको छ ?

तु खबर संवाददाता
२०८१ बैशाख १०, सोमबार १५:१९

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउन कस्ले रोकेको छ भन्दै प्रश्न गरेका छन् ।

नेकपाको हीरक महोत्सवमा आज सम्बोधन गर्न गोदावरीमा उपस्थित भएका उनले आफू मदन भण्डारीको बारेमा राम्रै बोल्नेगरी आएपनि कार्यक्रमको बिचमै कांग्रेसलाई गाली गरेको भन्दै झोक्किए ।

‘गाली गरेपछि जवाफ त दिनुपर्यो’, देउवाले सम्बोधन सुरु गर्दै भने, ‘मदन भण्डारी किन मरे भनेर किन भन्न सक्दैन एमाले ? मदन भण्डारीको रहस्यमय मृत्यु खोज्न कसले रोकेको छ ?’, उनले भने, ‘पछि ड्राइभर पनि मारियो ।’ उनले मदन भण्डारीलाई आफूले राम्रो नेताका रूपमा चिन्ने भन्दै भने, ‘तर मार्ने को हो अहिलेसम्म किन पत्ता लागेन ?’

उनले कांग्रेसलाई गाली गरेर केही नहुने भन्दै गाली गर्न छुट रहेको पनि बताए । तर मदनको हत्यारा पत्ता लगाउन कांग्रेसले नरोकेको देउवाको भनाइ छ । ‘कांग्रेसले रोकेको हो ? खोइ पत्ता लागेको हो । मलाई विरोध र गाली गरेर केही हुँदैन । तपाईहरुले पत्ता लगाउनुप¥यो’, देउवाले एमालेलाई चुनौती दिए ।