कतारका राजा नेपाल भ्रमणमा आउँदै, भोलि सार्वजनिक बिदा
काठमाडौँ । कतारका राजा नेपाल भ्रमणमा आउने भएकाले भोलि मंगलबार सरकारले सार्वजनिक बिदा दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् ।
बिदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।
