जन्मदिनको अवसरमा विद्यालयलाई खाद्यान्न सामग्री सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१० गोरक्षेश्वर दिव्यधामस्थित श्री संस्कृत वेद विद्यालयलाई खाद्यान्न सामग्री सहयोग प्राप्त भएको छ ।
सामाजिक सेवामा समर्पित संस्था सहयोगी मन नेपालले आज विद्यालयमा नै पुगेर खाद्यान्न सामग्री सहयोग उपलब्ध गराएको हो ।
श्री कृष्ण प्रणामी सेवा समिति मकवानपुरका उपाध्यक्ष श्रीराम खतिवडाले आफ्नो जन्मदिनको अवसरमा विद्यालयका लागि उपलब्ध गराएको दाल चामम, नुन तेल लगायत खाद्यान्न सामग्री सहयोगी मन नेपालले विद्यालयका प्रधानाध्यापक गोपाल अधिकारीलाई हस्तान्तरण गरेको हो ।
खाद्यान्न सामग्री सहयोग प्राप्त भएपछि विद्यालयका प्रअ अधिकारीले सहयोगीप्रति आभार व्यक्त गरे ।
सो अवसरमा श्रीकृष्ण प्रणामी सेवा समितिका जिल्ला सल्लाहकार एवम् जनप्रिय प्राविधिक शिक्षालयका निवर्तमान अध्यक्ष रमेश खतिवडा र वेद विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।
वेद विद्यालयमा हाल ५० जना बालबालिका अध्ययनरत छन् ।
