एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत

तु खबर संवाददाता
२०८० चैत्र ६, मंगलवार ०९:३३

काठमाडौँ । नेकपा एमालेको कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत चुनिएकी छिन् ।

नवौं जिल्ला अधिवेशनबाट यसअघि कार्यवाहक अध्यक्ष रहेकी बुढालाई सर्वसम्मत अध्यक्ष बनाइएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा अध्यक्षसहित पदाधिकारीहरूले सोमबार राति पद तथा गोपनियताको शपथ लिएका छन् ।

निर्वाचनका बेला बनाइएको अध्यक्ष मण्डलले पदाधिकारीमा आकांक्षी सबै उम्मेदरवारसित छलफल गरेर जिल्ला नेतृत्वसहित पदाधिकारी सर्वसम्मत निर्वाचित गरेको हो ।