प्रचण्ड र ओलीबीच भेटवार्ता

तु खबर संवाददाता
२०८० फाल्गुन २८, सोमबार १५:४१
file-photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान भेटवार्ता भएको हो ।

भेटमा राष्ट्रिय सभा अध्यक्ष निर्वाचन, विश्वासको मत, सरकारका साझा न्यूनतम कार्यक्रम लगायतका विषयमा छलफल भएको जनाइएको छ ।

राष्ट्रिय सभा अध्यक्ष पदका लागि भोलि मंगलबार निर्वाचन हुनेछ ।

यस्तै, नयाँ समीकरण फेरिएसँगै प्रधानमन्त्रीले बुधवार संसदबाट विश्वासको मत लिँदैछन्