आज ३० औँ मदन-आश्रित स्मृति दिवस मनाइँदै

तु खबर संवाददाता
२०८० जेष्ठ ३, बुधबार ०८:१८
file-photo

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले बुधबार ३० औँ मदन-आश्रित स्मृति दिवस मनाउने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय अलोकनगरमा आज पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित नेताको उपस्थितिमा श्रद्धाञ्जली सभालगायत विभिन्न कार्यक्रम गरी मदन-आश्रित स्मृति दिवस मनाउने भएको हो ।

मदनआश्रितको योगदानबारे पार्टी निकट संगठनले सबै जिल्लामा श्रद्धाञ्जली सभा, खेलकुद प्रतियोगिता गर्ने उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको विसं २०५० जेठ ३ गते दासढुङ्गामा भएको दुर्घटनामा परी निधन भएको थियो ।