‘मदन भण्डारी हत्याको छानबिन माग गर्दा २१ जनालाई मारियो‘’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्याको छानबिन माग गर्दा २१ जना व्यक्तिको हत्या भएको बताएका छन् ।
सुखानीको बलिदानको स्मृतिमा आयोजित ५० औं सहिद दिवसका अवसरमा एमालेले आईतबार गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले २०४६ को परिवर्तनपछि समेत व्यक्तिहरु मानिसहरू मार्ने क्रम नरोकिएको बताए ।
आयोग बनाएर हत्याको छानबिन गरिदेऊ भन्दा झापामा डिल्ली गौतमसहित थुप्रै ठाउँमा हत्या भएको उनको भनाई छ । उनले बहुदल आएपछि कांग्रेसले डेमोक्रेसी रक्षाका लागि भन्दै अकारण गोली हानेर मार्ने गरेको बताए ।
उनले जनयुद्धका नाममा १७ हजार व्यक्ति मारिएकोमा आपत्ति जनाउँदै यस्तो शिलशिलाको अन्त्य हुनुपर्ने बताए ।
