रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बैठक बस्ने भएको रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए ।
उनका अनुसार बैठकमा फेरिएको राजनीति समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुनेछ । गत पुस १० मा बनेको सात दलीय सत्ता गठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनमा ८ दलीय गठबन्धन बनेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्वको सरकार बन्दा रास्वपाले समर्थन गरेको थियो ।
सरकारबाट बाहिरिएको रास्वपाले सरकारबाट समर्थन फिर्ता भने लिएको छैन । रास्वपा कांग्रेस र एमाले दुवैका उम्मेदवारको प्रस्तावक वा समर्थक बसेको छैन ।
यस्तै, बैठकमा आगामी बैशाख १० गते चितवन– २ मा उपनिर्वाचनको तयारीबारे पनि छलफल हुने अर्यालले बताए ।
