बैतडीको ३१ मतदान केन्द्र अतिसंवेदनशील

तु खबर संवाददाता
२०७९ कार्तिक १३, आईतवार १२:०३

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि बैतडीका ३१ मतदानस्थल अति संवेदनशीलको सूचीमा राखिएको छ ।
कूल १ सय २९ मतदानस्थलमध्ये ३१ स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको हो ।

सुरक्षा दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र कम संवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

निर्वाचनलाई ध्यानमा राखेर मतदानस्थलको संवेदनशीलता वर्गीकरण गरिएको हो । जिल्लाका ३४ मतदानस्थल संवेदनशील र ६५ मतदानस्थल कम संवेदनशीलको सूचीमा राखिएको छ ।