हेटौंडा १७ मा अंगारेश्वर टोलविकास समिति गठनः अध्यक्षमा वाइवा

तु खबर संवाददाता
२०७९ जेष्ठ २९, आईतवार १६:०४

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ स्थित ठुलो गंगटेमा अंगारेश्वर टोल विकास समिति गठन गरिएको छ । शनिवार स्थानीय समाजसेवी इश्वरबहादुर बिष्टको अध्यक्षतामा सम्पन्न भेलाले सिताराम वाइबा (सुरज) को अध्यक्षतामा टोल विकास समिति गठन गरेको हो ।

१७ नम्वर वडा अध्यक्ष उद्धव सत्यालको प्रमुख आतिथ्यता र हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा अधिकृत भैरवबहादुर कुमालको विशेष आतिथ्यतामा भएको भेलाले वाइवाको नेतृत्वमा १३ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा रमा खड्का, कोषाध्यक्षमा विणा दाहाल, सचिवमा सन्तोषी खड्का, सह–सचिवमा राजेन्द्र श्रेष्ठ र सदस्यहरूमा उमेश गोन्बा, सन्तबहादुर विश्वकर्मा, शारदा अधिकारी, सीता दाहाल, अनिता भुजेल, अर्चना पुडासैनी (थापा), सेती कुमारी गोङ्बा र गोमा तिमल्सिना रहेका छन् ।

कृष्णदेव भण्डारीले सहजिकरण गरेको उक्त भेलामा भैरवबहादुर कुमालले हेटौंडामा टोलविकास समितिको इतिहास, यसको उद्देश्य, महत्व र समितिले गर्नुपर्ने कार्यहरूको बारेमा विस्तारमा बताएका थिए ।