सिविन मकवानपुरद्वारा विद्यार्थीलाई खाद्यान्न र शैक्षिक सामाग्री सहयोग

तु खबर संवाददाता
२०७८ फाल्गुन २५, बुधबार १८:३१

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित शंकर ज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खाद्यान्नसहित शैक्षिक सामाग्री सहयोग गरिएको छ । हेटौंडा—२ स्थित रहेको बाल हेल्पलाइन मकवानपुर (सिविन) ले उक्त विद्यालयमा अध्ययनरत १० जना विद्यार्थीलाई खाद्यान्नसहित शैक्षिक सामाग्री सहयोग गरेको हो ।

२ जना बालक र ३ जना बालिका गरी ५ जनालाई प्रति विद्यार्थी ३ हजार ५ रुपैयाँको खाद्यान्न र ५ जना बालिकालाई ३ हजार रुपैयाँको शैक्षिक सामाग्री सहयोग गरेको बाल हेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीले जानकारी दिए । उनीहरुलाई विद्यालयमै पुगेर उक्त सामान हस्तान्तरण गरेको उनको बताए ।