मनहरी–२ मा टोल स्तरीय फुटबल प्रतियोगिता हुने

तु खबर संवाददाता
२०७९ आश्विन २९,शनिबार १७:१४

मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर २ मा शुभ दिपावली एवम् छठ पर्वको अवसरमा टोल स्तरीय नकआउट फुटबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

स्थानीय त्रिरत्न प्राथामिक विद्यालयको खेल मैदानमा संचालन हुने उक्त कार्यक्रम जनशक्ति उपभोक्ता समूह, मनहरी–२ घट्टेपाखाले आयोजना गर्ने भएको हो ।

उक्त प्रतियोगिता कात्तिक ३ गतेदेखि ८ गतेसम्म संचालन हुने उपभोक्ता समूहका अध्यक्ष दिनेश गोङ्बाले जानकारी दिए । उनका अनुसार, प्रतियोगितामा सहभागी हुन यही असोज ३० गतेदेखि कात्तिक २ गतेसम्म टिमसहित निवेदन दर्ता गर्नुपर्नेछ ।

उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र र द्वितीय हुने टिमलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ । साथै प्रतियोगिता समापनको दिन साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ ।