मकवानपुरगढीमा ल्होछार विशेष कार्यक्रम हुने

तु खबर संवाददाता
२०७८ फाल्गुन १८, बुधबार १०:४४

मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा यही फागुन २१ गते ल्होछार विशेष कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रम तामाङ समुदायको महान चाड २८५८ ताक ल्हो (बघ बर्ग) सोनाम ल्होछारको अवसरमा हुने भएको हो ।

सांस्कृतिक संरक्षण तथा आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले मकवानपुरगढी गाउँपालिका वडा नम्वर ८ स्थित बुढिचौरमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक मकवानपुरगढी –८ का वडाध्यक्ष कुमारसिंह घिसिङले जानकारी दिए । उनका अनुसार, उक्त कार्यक्रममा विभिन्न कलाकारहले प्रस्तुती दिइने छन् ।