हेटौंडाका सुवेदीद्वारा आमाको वार्षिक तिथिमा पानी ट्याङकी सहयोग

तु खबर संवाददाता
२०७८ आश्विन ५, मंगलवार ०८:५७

मकवानपुर । हेटौंडाका विनोद सुवेदीले आफ्नो आमाको वार्षिक तिथिको अवसरमालाई मन्दिरलाई पानी ट्याङकी सहयोग गरेको छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ निवासी सुवेदीले पिप्लेको दक्षिणकाली मन्दिर भन्दा माथी माता मन्दिरमा खानेपानी ट्याङकी सहयोग गरेका हुन् ।


उनले आमा सितादेवी सुवेदीको पुन्यतिथिका दिन परिवार सबै सदस्यसहित उपस्थित भएर मन्दिरलाई ट्याङकी सहयोग गरेका हुन् । यस्तै, सुवेदीले सोही दिन हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ स्थित वृद्धाआश्रमका आमाहरुलाई खानासमेत खुवाइएको बताएका छन् । सुवेदीले आफ्नो आमाको पुन्यतिथिको अवसरमा मन्दिरलाई ट्याङकी, वृद्धाआश्रमका आमाहरुलाई एक छाक खाना खुवाउनु पाएकोमा खुसी व्यक्त गरे ।