महिलालाई नेतृत्व तहमा पुर्याउन तीन दिने तालिम
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–२ का महिलाहरुलाई हरेक क्षेत्रका नेतृत्व तहमा पुर्याउनका लागि दिइएको तीन दिने तालिम सम्पन्न भएको छ ।
हेटौंडा–२ वडा समन्वय समितिको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा शुक्रबारबाट सुरु भएको तालिम आइतबार सम्पन्न भएको हो ।
तालिममा हेटौंडा–२ का २० वडा टोल विकास संस्थाका अध्यक्ष, सचिव र वडा समन्वय समितिका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।
तालिमको समापन हेटौंडा उपमहानगरपालिका वडा नम्वर–२ का वडा अध्यक्ष बिष्णु गोपाल महर्जनको प्रमुख आतिथ्यतामा भएको हो ।
समितिका सचिव गिता तिमल्सीनाले संचालन गरेको कार्यक्रममा उपमहानगपालिकाका सामाजिक विकास महासाखाका अधिकृत भैरब बहादुर कुमाल, प्रशिक्षक कमल कुमार विश्वकर्मा, शिबहरी दाहाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
