हेटौंडा–२ मा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र भवन शिलान्यास
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर–२ मा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन शिलान्यास गरिएको छ । मंगलबार जलेश्वर महादेव क्षेत्र विकास समितिले मन्दिर परिसरमा भवन शिलान्यास गरेको हो ।
उक्त भवनको हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले शिलान्यास गरेका हुन् । वडाको १० लाख रुपैयाँ बजेटमा एक तल्ले भवन निर्माण गरिने समितिले जनाएको छ ।
सो वृद्धवृद्धाहरुको योग कक्षका लागि प्रयोग हुनेछ । जसमा वृद्धवृद्धाहरुले मनोरञ्जन लिन सक्नेछन् । आगामी असार १५ गतेभित्र भवन निर्माण गरिसक्ने २ नम्वर वडाध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिए ।
