राष्ट्रियसभा उपनिर्वाचन : गृहमन्त्री बादललाई ११६४ मतले पछि पार्दै डा. देवकोटा विजयी

तु खबर संवाददाता
२०७८ जेष्ठ ६, बिहीबार १७:३४

मकवानपुर । राष्ट्रियसभाको रिक्त एक सदस्य पदको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा.खिमलाल देवकोटा विजयी भएका छन् । उनले स्थानीय तहका प्रमुख तथा उपप्रमुखबाट १ सय २८ अर्थात २ हजार ३ सय ९४ मत र प्रदेशसभा सदस्यबाट ५८ अर्थात २ हजार ७ सय ८४ मत प्राप्त गरेका छन् ।

उनले कुल ५ हजार १ सय ७८ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका गृहमन्त्री रामबहादुर थापा बादलले स्थानीय तहबाट
१ सय ३ अर्थात १ हजार ८ सय ५४ मत प्राप्त गरेका छन् भने प्रदेशसभाबाट ४५ अर्थात २ हजार १ सय ६० मत प्राप्त गरेका हुन् ।

उनले कूल ४ हजार १४ मत प्राप्त गरेका छन् ।

डा. देवकोटाले बादललाई १ हजार १ सय ६४ मतले पराजित गरेको हुन् ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीको तर्फबाट उम्मेदवार बनेका कृष्णबहादुर तामाङले स्थानीय तहबाट २ अर्थात ३६ र प्रदेशसभाबाट २ अर्थात ९६ गरी कूल १ सय ३२ मत प्राप्त गरेका हुन् ।

मतदानमा स्थानीय तहका कूल २ सय ३८ जनामध्ये २ सय ३३ जना र प्रदेशसभाका कूल १०९ जनामध्ये १ सय ५ जना सहभागि भएका थिए भने बाँकी ९ जना अनुपस्थित भएको प्रदेश निर्वाचन अधिकृत श्रेष्ठले बताए ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*