राष्ट्रियसभा उपनिर्वाचन अपडेट– २३३ मत गणना, हेर्नुहास् कसको कति मत ?

तु खबर संवाददाता
२०७८ जेष्ठ ६, बिहीबार १७:००

मकवानपुर । राष्ट्रियसभाको रिक्त एक सदस्य पदको उपनिर्वाचनको कुल ३४७ मध्ये २३३ (स्थानीय तहका प्रमुख तथा उपप्रमुख) को मतगणना सकिएको छ । स्थानीय तहबाट डा. खिमलाल देवकोटाले सबैभन्दा बढी मत पाएका छन् ।

उनको कलम चिन्हमा १२८ मत झरेको छ अर्थात उनले २३९४ मत पाएका छन् । त्यस्तै बहालवाला गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बालदको सुर्य चिन्हमा १०३ मत परेको छ । अर्थात उनले १८५४ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीको तर्फबाट उम्मेदवार बनेका कृष्णबहादुर तामाङको मादल चिन्हमा २ मत परेको छ अर्थात उनले ३६ मत प्राप्त गरेका छन् ।

स्थानीय तहमा डा. देवकोटा सबैभन्दा अघि देखिएका छन् । अब प्रदेशसभा सदस्यहरुको मतगणना सुरु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*