समाचार

नारायणगढ–काठमाडौं सडकमा ठूला मालवाहक सवारी चलाउन रोक

दसैंको समयमा नारायणगढ–काठमाडौं सडकमा हुने सवारी चापलाई व्यवस्थापन गर्न ठूला मालवाहक सवारीसाधनको आवागमनमा अस्थायी रोक लगाइने भएको छ । यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला निकायको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलरसहित ठूला मालवाहक सवारीसाधन सञ्चालन नगर्ने निर्णय गरेको हो । निर्णयअनुसार आगामी २५ असोजदेखि ८ कात्तिकसम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारीसाधन...

२ लाख धरौटीमा प्रभु बैंकका सीईओ सुमन शर्मा रिहा

तत्कालीन सनराइज बैंकमा कार्यरत रहँदा धितो रोक्का राखेर स्वीकृत कर्जा निकासा नगरी ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा मुद्दा खेपिरहेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मा २ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । पर्सा जिल्ला अदालतकी न्यायाधीश देवी कुमारी चौधरीको इजलासले मंगलबार थुनछेक बहसपछि शर्मालाई...

साढे दुई महिनामा २ खर्ब २५ अर्ब राजस्व उठ्यो

चालू आर्थिक वर्ष २०८३/८४ को साढे दुई महिना बितिसक्दा पनि सरकारको विकास बजेट खर्च निराशाजनक देखिएको छ। असोज तेस्रो सातासम्म सरकारले पुँजीगततर्फ १२ अर्ब २५ करोड १० लाख रुपैयाँ मात्रै खर्च गरेको छ, जुन वार्षिक विनियोजनको २.८४ प्रतिशत हो। सरकारले यस वर्ष पुँजीगत खर्चका लागि ४ खर्ब ३१ अर्ब...

कोरला नाकाको अवस्था बुझ्न चिनियाँ राजदूत माओमिङसहितको टोली मुस्ताङमा

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ सात सदस्यीय टोलीसहित उत्तरी मुस्ताङ पुगेका छन्। कोरला नाकाको अवस्था र सञ्चालनको सम्भावनाबारे जानकारी लिन राजदूत माओमिङ शनिबार कोरला नाका हुँदै लोमान्थाङ पुगेका हुन्। राजदूतसहितको टोलीमा पाँच जना चिनियाँ अधिकारी तथा नेपालस्थित चिनियाँ दूतावासका दुई कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।...

स्वास्थ्य बीमामा पुस १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य

स्वास्थ्य बीमा कार्यक्रममा आगामी पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ । स्वास्थ्य बीमा बोर्डको बैठकले स्वास्थ्य बीमामा नयाँ आबद्धता, नवीकरण तथा सेवा प्राप्तिका लागि १६ वर्ष उमेर पूरा गरेका नागरिकको राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको हो । बोर्डका...

नख्खु कारागारबाट दीपक भट्ट सिन्धुपाल्चोक सरुवा

नख्खु कारागारमा थुनामा रहेका दीपक भट्टलाई सिन्धुपाल्चोक कारागार स्थानान्तरण गरिएको छ। कारागार व्यवस्थापन विभागले शनिबार पठाएको पत्रका आधारमा नख्खु कारागार प्रशासनले भट्टलाई सोही दिन साँझ सिन्धुपाल्चोक पठाएको हो। भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार तथा बैंकिङ कसुरसम्बन्धी आरोपमा मुद्दा चलिरहेको छ। उच्च अदालत पाटन र विशेष अदालत काठमाडौंमा उनका मुद्दा विचाराधीन...

नक्सा पास गरिदिने भन्दै २ लाख ८ हजार घुस,तीन जनाविरुद्ध मुद्दा

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा कार्यरत इन्जिनियर दीपा कार्कीसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले घर निर्माणको स्वीकृति तथा नक्सा पासलगायतका काम गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुखसमेत...

नेपाल एयरलाइन्सका ६ पाइलटले एकैपटक दिए राजीनामा

नेपाल वायुसेवा निगमका ६ जना पाइलटले एकैपटक राजीनामा दिएपछि राष्ट्रिय ध्वजावाहकको उडान व्यवस्थापनमा दबाब बढेको छ । राजीनामा दिनेमा वाइडबडी जहाजतर्फ दुई क्याप्टेन र तीन कोपाइलट छन् भने न्यारोबडी उडाउने एक कोपाइलट रहेका छन् । वाइडबडीका क्याप्टेन सञ्जय पौडेल र प्रशान्त श्रेष्ठसँगै कोपाइलट प्रणव मल्ल, रविन्द्र जोशी र रेशिमा...

योजनामा ‘कागजी काम’ देखाएर ९ लाख बढी भुक्तानी, ८ जनामाथि मुद्दा

मुगुमा विद्युत् निर्माण योजनामा वास्तविक कामभन्दा बढी रकम भुक्तानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित तत्कालीन सब–इन्जिनियर, लेखापाल, वडाध्यक्ष तथा उपभोक्ता समितिका पदाधिकारीलाई प्रतिवादी बनाउँदै विशेष अदालत, काठमाडौंमा...

नेपालको कूटनीतिक छवि उच्च बनायो : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको हितका लागि महत्त्वपूर्ण उपलब्धि हासिल गरेको स्पष्ट पारेका छन्। उनले अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा भएको ८१औँ महासभाले नेपालको कूटनीतिक छविलाई उच्च बनाउने काम गरेको र नेपालको प्रस्तावप्रति विश्व समुदाय सकारात्मक रहेको स्पष्ट पारेका हुन् । महासभाको बैठकमा सहभागिता जनाएर...