समाचार
नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
भदौ १० गते आएको विनाशकारी बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा सुस्त भई ३ दशमलव ७ प्रतिशतमा झर्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । यसअघि विश्व बैंकले उक्त आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ४ दशमलव २ प्रतिशत रहने प्रक्षेपण गरेको...
दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विद्युतीय कारोबारसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँले धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार प्रसाईंसँग २ लाख रुपैयाँ धरौटी माग गर्दै रिहा गर्ने आदेश दिएको हो । प्रसाईंलाई असार १२ गते साइबर ब्युरोले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी...
नारायणगढ–काठमाडौं सडकमा ठूला मालवाहक सवारी चलाउन रोक
दसैंको समयमा नारायणगढ–काठमाडौं सडकमा हुने सवारी चापलाई व्यवस्थापन गर्न ठूला मालवाहक सवारीसाधनको आवागमनमा अस्थायी रोक लगाइने भएको छ । यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला निकायको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलरसहित ठूला मालवाहक सवारीसाधन सञ्चालन नगर्ने निर्णय गरेको हो । निर्णयअनुसार आगामी २५ असोजदेखि ८ कात्तिकसम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारीसाधन...
२ लाख धरौटीमा प्रभु बैंकका सीईओ सुमन शर्मा रिहा
तत्कालीन सनराइज बैंकमा कार्यरत रहँदा धितो रोक्का राखेर स्वीकृत कर्जा निकासा नगरी ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा मुद्दा खेपिरहेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मा २ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । पर्सा जिल्ला अदालतकी न्यायाधीश देवी कुमारी चौधरीको इजलासले मंगलबार थुनछेक बहसपछि शर्मालाई...
साढे दुई महिनामा २ खर्ब २५ अर्ब राजस्व उठ्यो
चालू आर्थिक वर्ष २०८३/८४ को साढे दुई महिना बितिसक्दा पनि सरकारको विकास बजेट खर्च निराशाजनक देखिएको छ। असोज तेस्रो सातासम्म सरकारले पुँजीगततर्फ १२ अर्ब २५ करोड १० लाख रुपैयाँ मात्रै खर्च गरेको छ, जुन वार्षिक विनियोजनको २.८४ प्रतिशत हो। सरकारले यस वर्ष पुँजीगत खर्चका लागि ४ खर्ब ३१ अर्ब...
कोरला नाकाको अवस्था बुझ्न चिनियाँ राजदूत माओमिङसहितको टोली मुस्ताङमा
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ सात सदस्यीय टोलीसहित उत्तरी मुस्ताङ पुगेका छन्। कोरला नाकाको अवस्था र सञ्चालनको सम्भावनाबारे जानकारी लिन राजदूत माओमिङ शनिबार कोरला नाका हुँदै लोमान्थाङ पुगेका हुन्। राजदूतसहितको टोलीमा पाँच जना चिनियाँ अधिकारी तथा नेपालस्थित चिनियाँ दूतावासका दुई कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।...
स्वास्थ्य बीमामा पुस १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य
स्वास्थ्य बीमा कार्यक्रममा आगामी पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ । स्वास्थ्य बीमा बोर्डको बैठकले स्वास्थ्य बीमामा नयाँ आबद्धता, नवीकरण तथा सेवा प्राप्तिका लागि १६ वर्ष उमेर पूरा गरेका नागरिकको राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको हो । बोर्डका...
नख्खु कारागारबाट दीपक भट्ट सिन्धुपाल्चोक सरुवा
नख्खु कारागारमा थुनामा रहेका दीपक भट्टलाई सिन्धुपाल्चोक कारागार स्थानान्तरण गरिएको छ। कारागार व्यवस्थापन विभागले शनिबार पठाएको पत्रका आधारमा नख्खु कारागार प्रशासनले भट्टलाई सोही दिन साँझ सिन्धुपाल्चोक पठाएको हो। भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार तथा बैंकिङ कसुरसम्बन्धी आरोपमा मुद्दा चलिरहेको छ। उच्च अदालत पाटन र विशेष अदालत काठमाडौंमा उनका मुद्दा विचाराधीन...
नक्सा पास गरिदिने भन्दै २ लाख ८ हजार घुस,तीन जनाविरुद्ध मुद्दा
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा कार्यरत इन्जिनियर दीपा कार्कीसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले घर निर्माणको स्वीकृति तथा नक्सा पासलगायतका काम गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुखसमेत...
नेपाल एयरलाइन्सका ६ पाइलटले एकैपटक दिए राजीनामा
नेपाल वायुसेवा निगमका ६ जना पाइलटले एकैपटक राजीनामा दिएपछि राष्ट्रिय ध्वजावाहकको उडान व्यवस्थापनमा दबाब बढेको छ । राजीनामा दिनेमा वाइडबडी जहाजतर्फ दुई क्याप्टेन र तीन कोपाइलट छन् भने न्यारोबडी उडाउने एक कोपाइलट रहेका छन् । वाइडबडीका क्याप्टेन सञ्जय पौडेल र प्रशान्त श्रेष्ठसँगै कोपाइलट प्रणव मल्ल, रविन्द्र जोशी र रेशिमा...










