सामाजिक संजालको प्रयोगलाई नियमन गर्नुपर्छः योगेश भट्टराई

मकवानपुर । नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले सामाजिक संजालको प्रयोगलाई नियमन गर्नुपर्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल मकवानपुरको हेटौंडामा सम्पन्न नबौ जिल्ला अधिवेशनको उद्घाटन् गर्दै उनले सामाजिक संजाललाई प्रतिबन्ध भन्दा पनि नियमन गर्नुपर्ने बताएका हुन् ।
उनले सत्ताको कमजोरी, राष्ट्रिय एकता र व्यक्तिगत मर्यादामा नोक्सान पुर्याउने सामग्रीको प्रचारलाई रोक्नका लागि सामाजिक संजालमा नियमन आवश्यक रहेको औंल्याए ।
भट्टराईले फेसबुक, ट्विटर, टिकटक जस्ता सामाजिक मिडिया प्लेटफर्ममा अनैतिक र भ्रामक सामग्रीको प्रसारलाई रोक्नुपर्ने धारणा व्यक्त राखे ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्सर राना, एमाले केन्द्रीय सदस्य भारती पाठक, पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष गणेश पाण्डे, प्रेस चौतारीका नेता विश्वमणि सुवेदी, उपाध्यक्ष राजेश राइ, महासचिव हिरामान लामा, सचिब विष्णु तारुके, नेकपा एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामा लगायतको आतिथ्यता रहेको थियो ।
सो अवसरमा प्रेस चौतारी मकवानपुरले तीन जना पत्रकारलाई नगदसहित पुरस्कृर प्रदान गरेको थियो । पुरस्कृत हुनेहरुमा क्रमशः धर्बेन्द्र दाहाल, प्रतिक्षा न्यौपाने र बिवश अधिकारी रहेका छन् ।
यसैगरी, पत्रकार प्रताप विष्ट, देबराज रिमाल, सुवास विडारी, धुर्बप्रसाद चौलागाईँ, उज्वल चौलागार्ई लगायतलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रम प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको सभाध्यक्षतामा भएको हो ।