रास्वपाको जिल्ला भेला स्थगित

तु खबर संवाददाता
२०८१ कार्तिक ३, शनिबार १५:४८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला भेला स्थगित गरिएको छ । पार्टी सभापती रवि लामिछाने सहकारीको रकम ठगीमा पक्राउ परेपछि रास्वपाले अधिवेशन स्थगित गरेको हो ।

रास्वपाले विकसित राजनीतिक घटनाक्रमका कारण भन्दै जिल्ला अधिवेशन स्थगित गर्न सर्कुलर गरेको जनाइएको छ ।

रास्वपाको जिल्ला भेला बिहीबारबाट मात्रै सुरु भएको थियो ।

प्रहरीले जिल्ला अदालत कास्कीबाट अनुमति लिएर शुक्रबार लामिछानेलाई पक्राउ गरेको हो । रास्वपाकै पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेमाथि सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोप छ ।

तर, रास्वपाले भने राजनीतिक प्रतिशोध साँध्न सभापति लामिछानेलाई पक्राउ गरेको भन्दै विरोध जनाउँदै आएको छ ।