उपनिर्वाचनः महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न आह्वान

तु खबर संवाददाता
२०८१ कार्तिक १, बिहीबार १६:०२

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न आह्वान गरेका छन् ।

आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन अन्तरगत मनोनयन पत्र पेश गर्दा महिला उम्मेदवार अनिर्वाय रहने गरी उम्मेदवारी दर्ता गराउन भनिएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार, आयोगको यही असोज ३० गते बसेको बैठकले यस्तो निर्देशन दिने निर्णय गरेको हो । आयोगले यसअघि नै उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका प्रकाशित गरिसकेको छ ।