आज संविधान दिवस मनाइँदै

तु खबर संवाददाता
२०८१ आश्विन ३, बिहीबार ०८:३७

काठमाडौं । आज संविधान दिवस मनाइँदै छ । आज विविध कार्यक्रम गरी संविधान दिवस मनाउने भएको हो ।

दिवसका अवसरमा आज बिहीबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ ।

समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ ।

दिवसका अवसरमा आज सरकारले देशभर सार्वजनिक विदा पनि दिएको छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको नेपालको संविधान जारी भएको थियो ।