खेलाडिहरुलाई व्यक्तित्व विकास सम्बन्धी तालिम

तु खबर संवाददाता
२०८१ भाद्र २१, शुक्रबार १३:३५

काठमाडौँ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडि संघको आयोजनामा खेलाडिहरुका लागि व्यक्तित्व विकास सम्बन्धी तालिम सञ्चालन हुने भएको छ ।

आ–आफ्नो खेलमार्फत् अन्तर्राष्ट्रिय मंचमा नेपालको पहिचान दिलाएका अन्तर्राष्ट्रिय खेलाडि तथा तथा सम्भावना बोकेका खेलाडिहरुलाई प्रशिक्षण दिन लागिएको हो ।

उक्त तालिममा विभिन्न दश खेलका ५० जना खेलाडिहरुको सहभागिता रहने संघका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए ।

भदौ २४ गते नेपाल ओलम्पिक कमिटी सातदोबाटोमा हुने प्रशिक्षणका लागि तेक्वान्दो, कराँते, बक्सिङ, उसु, जुडो, भलिवल, कुस्ती, कवड्डी, पौडी र भारोत्तोलन संघसंग आवश्यक समन्वय भएको उनले बताए ।

खेलाडिहरुलाई मिस नेपालदेखि अनुभवी सन्चारकर्मीहरुले व्यक्तित्व विकास सम्बन्धि प्रशिक्षण दिने जनाइएको छ ।