६ वटा संसदीय समितिको बैठक आह्वान

तु खबर संवाददाता
२०८१ भाद्र ५, बुधबार ०९:४८
file-photo

काठमाडौं । संघीय सांसदअन्तर्गत बुधबार ६ वटा संसदीय समितिको बैठक बस्ने गरी आह्वान गरिएको छ ।

संसद् सचिवालयका अनुसार आज कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, राज्यव्यवस्था तथा सुशासन समिति, विकास समिति, विधायन व्यवस्थापन समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठक आह्वान गरिएको हो ।

जसनुसार, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे, महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो ३ः४५ बजे र राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ ।

यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे, विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक दिउँसो साढे १ बजे बस्ने गरी आह्वान गरिएको छ ।