संसदका दुई संयुक्त समितिको सभापति चयन आज हुँदै
काठमाडौं । संघीय संसद्को दुई संयुक्त समितिको सभापति आज चयन हुँदैछ ।
आज राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापति र संसदीय सुनुवाइ समितिको सभापति चयन हुने भएको हो ।
यसअघि नै दुई संयुक्त समितिको सभापतिका लागि उम्मेदवारी दर्ता भइसकेको छ । जसअनुसार, तथा मूल्याङ्कन समितिको सभापति चयनमा नेकपा एमालेका सांसद ठाकुर गैरेको उम्मेदवारी परेको छ ।
यस्तै, संसदीय सुनुवाइ समितिमा कांग्रेसकी ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ ।
ती दुवै समितिको बैठक दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको छ ।
