आज चार वटा संसदीय समितिको बैठक बस्ने
काठमाडौं । आज एकैदिन चार वटा संसदीय समितिको बैठक बस्ने भएको छ । जसअन्तर्गत बिहान ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ ।
त्यस्तै, बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ भने बिहान ११ बजे नै विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि बस्नेछ ।
यसैगरी, आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्नेछ । उक्त बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।