मन्त्रिपरिषद् बैठकः १८ देशमा राजदूत सिफारिस

तु खबर संवाददाता
२०८१ श्रावण १६, बुधबार १७:१९
file-photo

काठमाडौं । सोमबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले विभिन्न १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ ।

बैठकले भारत, अमेरिका, बेलायत, चीन, अष्ट्रेलियालगायत १८ देशमा नयाँ राजदूत सिफारिस गरेको हो ।

राजदूतमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् । मन्त्रिपरिषद्बाट सिफारिस राजदूतको नाम अनुमोदन भएपछि मात्रै राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

सिफारिस हुनेहरुमा क्रमशः डा.शंकरप्रसाद शर्मा (भारत), कान्ता रिजाल (अष्ट्रेलिया), नरेशबिक्रम ढकाल (साउदी अरेयिबा), प्रा.डा. कपिलमान श्रेष्ठ ( दक्षिण अफ्रिका), धनप्रसाद पण्डित (इजरायल), रामकृष्ण भट्टराई (श्रीलंका), . सनिल नेपाल (स्पेन), डा.शैल रुपाखेती (जर्मनी), लोकदर्शन रेग्मी (अमेरिका) र चन्द्रकुमार घिमिरे (संयुक्त अधिराज्य) रहेका छन् ।

यसैगरी, डा.शिवमाया तुम्बाहाङ्फे (दक्षिण कोरिया), जंगबहादुर चौहान (रुस), रमेशचन्द्र पौडेल (कतार), प्रा.डा.कृष्णप्रसाद ओली (चीन), सुम्निमा तुलाधर ( डेनमार्क), नेत्रप्रसाद तिमल्सिना (मलेसिया), प्रकाशमणि पोखरेल (पोर्चुगल) र रीता धिताल (पाकिस्तान) राजदूतका लागि सिफारिस भएका छन् ।