प्रधानमन्त्री ओलीले पाए विश्वासको मत

तु खबर संवाददाता
२०८१ श्रावण ६, आईतवार १८:४८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । चौथो पटक प्रधानमन्त्री बनेका उनले आइतबार प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रधानमन्त्रीले मागेको विश्वासको मतको पक्षमा १६८ जना र विपक्षमा ७४ जना प्रतिनिधि सभाका सदस्यले मतदान गरेका थिए । २६३ जना सहभागी प्रतिनिधि सभामा १ जनाले भने मतदान गरेनन् ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्तावमा पाएको मत प्रतिनिधि सभाको बहुमत भएको घोषणा गरे ।

गत असार ३० गते राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्ती गरेका थिए ।

सभामुख घिमिरेले प्रतिनिधि सभाको अर्को बैठक भोलि साउन ७ गते दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित गरे ।