बहुमतले पारित भयो सरकारको नीति तथा कार्यक्रम

काठमाडौं । संघीय संसद् अन्तरगत पर्ने प्रतिनिधि सभाबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमत पारित भएको छ ।
प्रतिपक्षीको नाराबाजी र होहल्लाबिच सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको हो ।
सरकारको तर्फबाट गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसदको संयुक्त बैठकमा सरकारको उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।