राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज

तु खबर संवाददाता
२०८० फाल्गुन २९, मंगलवार ०८:४४
file-photo

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्षका लागि आज मतदात हुँदैछ ।

संघीय संसद सचिवालयका अनुसार बिहान ११ः९ बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्षको निर्वाचन हुनेछ ।

अध्यक्षका लागि युवराज शर्मा र नारायण दाहालले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार नेपाली कांग्रेसबाट शर्मा र सत्ता गठबन्धनबाट दाहालले उम्मेदवारी दर्ता गरेका हुन् ।

निर्वतमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना यही फागुन २० गते कार्यकाल सकेर बिदा भएपछि यो पदमा चुनाव हुन लागेको हो ।