संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज सनुवाइ हुँदै
काठमाडौं । अध्यादेशमार्फत संवैधानिक परिषद् सम्बन्धी प्रावधान संशोधन गरी विभिन्न संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ । उक्त रिट निवेदन संवैधानिक इजलासमा पठाइएपछि आज पहिलो पटक सुनुवाइ हुन लागेको हो ।
केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले गत वर्ष संवैधानिक परिषद् बैठकका केही प्रावधान परिवर्तन गर्नका लागि अध्यादेश ल्याइ तत्कालै विभिन्न संवैधानिक पदमा नियुक्ति गरेको थियो ।
उक्त अध्यादेश संविधानको मर्म विपरीत रहेको र संसदीय सुनुवाईसमेत नगरी नियुक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्यालले नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।
