बकैयामा तीन दिने उद्घोषण तालिम सुरु

तु खबर संवाददाता
२०७८ भाद्र २१, सोमबार १०:३९

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा तीन दिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम सुरु भएको छ ।

तालिम बकैया गाउँपालिका सामाजिक विकास शाखाको आयोजना र शान्ति फाउण्डेसन नेपालको समन्वयमा आइतबारबाट सुरु भएको हो ।

महिला तथा बालबालिका शाखाका प्रमुख कविता शर्माका अनुसार, बालबालिकाहरुको क्षमता अभिवृद्धिका लागि आयोजना गरिएको तालिममा गाउँपालिकाका ५५ जना बालबालकाहरुको सहभागिता रहेका छन् ।

तालिम सञ्चालनको पहिलो दिन सहभागीहरुलाई उद्घोषणसम्बन्धी विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो ।

सो तालिमामा गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख फटिक रमन प्याकुरेल, आर्थिक विकास शाखा प्रमुख शिवराज पौडेल, महिला तथा बालबालिका शाखाका होम कुमारी संजेल, उद्यमशील विकास सहजकर्ता विकास श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।