भदौ २३ गते संसद अधिवेशन बोलाउन सरकारको सिफारिस

तु खबर संवाददाता
२०७८ भाद्र १९, शनिबार १६:३१
file photo

काठमाडौँ । संसद अधिवेशन भदौ २३ गते बोलाउन सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर जानकारी दिएका छन् ।

भदौ २३ गते अपरान्ह ४ बजे संसदको दुबै अधिवेशन बोलाउने निर्णय भएको उनले बताए ।

सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने प्रचलन छ।

यसअघि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत साउन ३२ गते संसदको दुबै अधिवेशन अन्त्य गरेकी थिइन्।