राष्ट्रियसभा उपनिर्वाचनः राप्रपाको सहयोग बादललाई

तु खबर संवाददाता
२०७८ जेष्ठ ३, सोमबार १८:३१

मकवानपुर । जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका बहालवाला गृहमन्त्री रामबहादुर थापा बादललाई सहयोग गर्ने भएको छ ।

आफ्नो उम्मेदवारलाई मतदान गरी सहयोग गर्नका लागि एमालेबाट अनुरोध सहितको औपचारिक पत्र प्राप्त भएकाले राप्रपाले एमालेका उम्मेदवार बादललाई मतदान गर्ने निर्णय गरेको राप्रपाले जनाएको छ ।

राप्रपाले बादलको पक्षमा मतदान गर्न पार्टीका प्रदेशसभाका सदस्यहरु, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलाई निर्देशन दिइसकेको छ ।

राप्रपाको प्रदेशसभामा २ सांसद रीता माझी र रीना गुरुङको प्रतिनिधित्व छ । उनीहरुको मत भार ९६ हुन्छ । स्थानीय तहतर्फ धादिङको रुबिभ्याली गाउँपालिकाका अध्यक्ष चेरुत तामाङ र उपाध्यक्ष बिना लामासमेत मतदाता हुन् ।

उनीहरुको मत भार ३६ हुन्छ । यस हिसावले उपनिर्वाचनमा राप्रपाको जम्मा मत भार १३२ छ । यसअघि एमाले अध्यक्ष केपी ओलीले राप्रपा अध्यक्ष कमल थापालाई फोन गर्दै बादलको पक्षमा मत मागेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*