बस्तिपुर जेसिज हाडीखोलाको अध्यक्षमा भेटवाल
मकवानपुर । बस्तिपुर जेसिज हाडीँखोलाको सन् २०२१ को अध्यक्षमा राजेश भेटवाल निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनमा अर्का उम्मेदवार प्रकाश थोकरलाई २५ मतले पछाडी पर्दै भेटवाल अध्यक्ष पदमा निर्वाचित भएका हुन् । भेटवालले ६२ मत प्राप्त गरेका थिए भने थोकरले ३७ मत प्राप्त गरेका थिए ।
यस्तै कार्यकारिणी उपाध्यक्षमा आकाश पाठक र तेजप्रसाद उप्रेती रमेश विजयी भएका छन् । पाठकले ८३ र उप्रेतीले ६२ मत प्राप्त गरेका थिए ।
निर्विरोध निर्वाचित हुनेमा रामचन्द्र दाहाल, महेन्द्र राना मगर, श्रीकृष्ण ढकाल र ठहर नेपाल शंकर रहेको निर्वाचन आयुक्त सुनिल अधिकारीले बताएका छन् । एक सय जना सदस्य रहेको जेसीजमा ९९ मत खसेको थियो ।
